News

दुर्घटना नगराउने ७ चालकलाई सम्मान गर्दै ट्राफिक प्रहरी !

दुर्घटना नगराउने ७ चालकलाई सम्मान गर्दै ट्राफिक प्रहरी  !

काठमाडौँ असोज १२ , महानगरीय ट्राफिक महाशाखा काठमाडौँले अहिलेसम्म दुर्घटना नगराउने चालकलाई सम्मान गर्ने भएको छ।  

नजिकिदै गएको दशैँ, तिहार र छठ पर्वमा दुर्घटना नियन्त्रण अभियानमा प्रहरीले चालकलाई सम्मान गर्न लागेको हो।  

सम्मानित हुनेमा अधिकांश लामो दुरीका बस चालक हुने बताईएको छ।' दुर्घटना न्युनिकरण गर्ने हिसाबले आज बिहान ७ जना चालकलाई बसपार्कमा सम्मान गरिदै छ , यो एक असल चालकको सम्मान पनि हो' महाशाखाका एसपी रविकुमार पौडेलले  बताए।  

चालक सम्मानको यस कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उपस्थित हुने बताईएको छ।  

 

विशेष