बाढीले बगाउदा एक जनाको मृत्यु !
खोटाङ असोज १२, लगातारको अविरल बर्षाका कारण खोटाङमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्मा रहेका छन।
केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो। दिउसो खोला तर्ने क्रममा बाढीले बगाएका बिश्वकर्मालाई करिब ५०० मिटर तल रुखमा अड्किएको अवस्थामा भेटिएको स्थानीयले जानकारी गराएका छन।
शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन् !