नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, दक्षिण एशियाको पहिलो देश
काठमाडौँ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ । संघीय राजधानी काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने बताए ।
उनले सरकारको यस अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे । सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासकै कारण नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको उनको भनाइ थियो ।
सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।