News

विप्लव समूहका कार्यकर्ताद्धारा प्रशासकीय अधिकृतमाथि कुटपिट

विप्लव समूहका कार्यकर्ताद्धारा प्रशासकीय अधिकृतमाथि कुटपिट

मुगु - सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द‘विप्लव’ समूहको नेकपाका कार्यकर्ताले प्रशासकीय अधिकृतमाथि कुटपीट गरेका छन। सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायमाथि कुटपिट भएको हो।

सोमबार गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोट तर्फ जाँदै गरेका प्रमुख प्रशासकीय उपाध्याय माथि तारापानीमा कुटपिट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले उपाध्यायमाथि विप्लव समूहले तारापानी सिप गाउँमा हातपात गरेको भन्ने प्रारम्भीक जानकारी आएको बताए। उनका अनुसार हातपात गर्नेहरुको खोजीका लागि प्रहरी चौकी कालै र जिल्लाबाट समेत प्रहरी खटाइएको छ।

कुटपिट पछि घाइते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जिल्ला अस्पताल गमगढी ल्याएर उपचार भइरहेको बताइएको छ।

विशेष