श्रीमानलाई बन्धक बनाइ श्रीमतीमाथि सामूहिक बलात्कार, १४ जना पक्राउ
हैदराबाद – भारतमा श्रीमानलाई बन्धक बनाइ श्रीमतीमाथि सामूहिक बलात्कार गर्ने १४ जना पक्राउ परेका छन्। हैदराबादमा नाम परिवर्तन सीमा नामकी महिलाको पतिकै अगाडि सामूहिक बलात्कार भएको घटनाले प्रहरीसमेत आश्चर्यमा परेको छ। बलात्कार गरेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया आगाडि बढाएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार हैदराबादको राचकोंडामा कुखुरा फार्ममा काम गर्ने महिला र उनका पतिलाई दुई दिनसम्म बन्धक बनाएर ५ जनाले पतिकै अगाडि सामूहिक बलात्कार गरेका हुन्। पतिमाथि कुटपीट समेत गरिएको थियो।
राचकोंडा प्रहरीले बलात्कार गर्ने ५ जनासहित संलग्न १४ जनालाई पक्राउ गरेको छ। घटना कुखुरा फार्ममा काम गर्ने सहयोगीले नै गराएको खुलेको छ।
महिलाको उजुरीको आधारमा प्रहरीले अभियुक्तविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ। आरोपीविरुद्ध अनुसूचित जाति एवं अनुसूचित जनजाति ९अत्याचार निवारण० कानुनअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार घटनामा कुल १५ जना संलग्न छन्।