मेलम्चीमा फेरी एक बर्षको बाचा !
बिगत डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लो पटक नयाँ ठेकेदार कम्पनि सिनो हाइड्रो कम्पनिसंग सम्झौता भएको छ।
निर्मण सुरु भएको १५ बर्ष अवधिमा पटक पटक विवादमा आएको यो आयोजना बनाउन यस अघि नै तिन ओटा ठेकेदार कम्पनिसंग सम्झौता भएको थियो। आइतवार चौथो ठेकेदार कम्पनि सिनो हाइड्रोसंग आयोजना कार्यालयले एक बर्षभित्र सुरुङ मिर्मन सक्ने सम्झौता गरेको हो।
तिन दशकदेखिको हल्ला र डेढ दशकदेखिको विवादैविवादका कारण नया सम्झौता अनुसार काम हुनेमा काठमाडौँबासि ढुक्क छैनन। सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थाई बाँध मार्फत मेलम्चीको पानी एक बर्षभित्र काठमाडौँ आउने छ।
यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन।