News

भारतीय राजदूतावासद्धारा ५५ औं आइटेक दिवस मनाइँयाे, 'आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको छ'

भारतीय राजदूतावासद्धारा ५५ औं आइटेक दिवस मनाइँयाे, 'आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको छ'

काठमाडाैँ - भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस आज मनाएको छ। उक्त दिवसमा आयोजित समारोहमा नेपालका लागि भारतका राजदूत मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम्अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए ।

यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पु¥याएको उनको भनाइ छ । उक्त समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित छ ।

त्यस्तै समारोहमा विभिन्न मन्त्रालय तथा विभागका सचिव लगायत नेपाल सरकारका वरिष्ठ  अधिकारीहरुको उपस्थिति थियो । नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना  कर्मचारीहरुकोमानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ ।

तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको दूतावासले जनाएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकता अनुरुप निमार्ण गरिएको विशेष आइटेक कोर्षबाट ती संस्थाहरु लाभान्वित भएका छन् । उदाहरणका लागि यसै वर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँ दिल्ली स्थित सार्वजनिक लेखा व्यवस्थापन कोर्समा सरकारी लेखा तथा वित्त संस्थान (आईएनजीएएफ) विषयकाे तालिम लिए।

त्यसै गरी २०१९ मार्चमा भारतको फरिदावादस्थित राजस्व चुहावटको अन्वेषण र नियन्त्रण सम्बन्धी अर्को विशेष टेलरले निर्मित आईटीईसी कोर्स ५० राजस्व अन्वेषण विभाग (डीआरआई) को लागी २ बैचमा सम्पन्न भएकाे थियाे।  त्यस्तै मार्च २०१९ मा ६०  नेपाली अधिकारीलाई एनएसीआईएनमा एन्टी मनी लान्ड्रिंग र आतंकवादको काउन्टर फाइनान्सिंगमा प्रशिक्षण दिइएकाे थियाे। यसका साथै कुल ३४ नेपाली जलस्रोत विज्ञहरूले प्रतिष्ठित आईआईटी रुड़कीमा सिँचाई पानी व्यवस्थापन, जलविज्ञान, वैकल्पिक उर्जा र जलस्रोत विकासको क्षेत्रमा एमटेकको खोजी गरिरहेका छन्।

उक्त समारोहमा भारतीय राजदूतावास स्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेकाे थियाे। समाराेहका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रहेकाे थिए।

विशेष