News

'सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप गलत'

'सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप गलत'

काठमाडौँ । पूर्व माओबादीबाट चुनाव लडेर संघीय संसद प्रतिनिधी सभाका सभामुख भएका कृष्ण बहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोप गलत रहेको सभामुखको सचिवालयले बताएको छ । सचिवालयले आफ्नो पदीय मर्यादा विपरित कसैले सोच्न नसकिने बलात्कार जस्तो जघन्य अपराध गरेको ती महिलाको भनाइ छ । महराले संसदमै काम गर्ने नाम परिवर्तन महिलाकर्मचारी हरिकलालाई उनकै डेरामा गएर बलात्कार गरेको कुरा सार्वजनिक भएको छ ।

मदिराले लठ्ठ भएर हरिकलाको डेरामा गएका महराले त्यहाँ बलपूर्वक उनलाई मदिरा पिलाइ बलात्कार गरेका महिलाको आरोप छ । आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा मात्र आउन भनेपनि महराले जवरदस्ती घरमा पसेको ती महिलाले बताइन ।

घटनाको समिक्षा गर्न तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले । उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन । ’समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने, उनले जवाफ दिएकी थिइन ।

पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, ’त्यतिखेर पार्टी्भित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन । बरु महराको उल्टै मनोबल बढ्यो । यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।’

घटना कसरी बाहिरियो
 

हरिकलाले प्रमुख विपक्षी दलका महिला सांसदसँग कुरा गरेपछि उनीहरुको माध्यमबाट नै घटनाको बारेमा सञ्चार गृहसम्म उक्त जानकारी पुगेको हो । स्रोतका अनुसार यदि यो घटना सत्य रहेको छ भने सत्ता पक्षका महिला सांसदहरुले पनि पिडीतलाई साथ दिने आश्वासन दिएका छन्।

नेकपामा बन्यो चर्चाको विषय

सत्तारुढ दल नेकपामा यो विषयले व्यापक रुपमा चर्चा पाएको छ । जसकारण सभामुख महरा तनावमा देखिएका छन् भने सत्तारुढ नेकपाका अध्यक्षद्धय अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसम्म घटनाको बारेमा कुरा पुगिसकेको छ ।

यस विषयमा चाडै नै छलफल गर्न आकास्मिक बैठक बसी ओली र प्रचण्डले यसबारे निर्णय लिने स्रोतको दाबी छ ।

सभामुख कृष्णबहादुर महराद्वारा खण्डन

सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् । 
जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।’ 

सभामुखको सचिवालयले यो प्रकरणलाई महराको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने सुनियोजित षड्यन्त्र भनेको छ । ‘उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।’

यस्तो छ विज्ञप्तिः

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु । 

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ । 

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।
 

सभामुख महरा प्रकरण

विशेष