आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी माताको पुजा आराधना गरि मनाईदै !

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी माताको पुजा आराधना गरि मनाईदै !

काठमाडौं  असोज १३, हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँ मनाईदै छ।  

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गर्ने  गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको घुइंचो लागेको छ ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँको दोस्रो दिन ब्रह्मचारिणी माताको पुजा

संम्बधित खबर

विशेष