प्लास्टिक प्रयोगमा रोक लगाउन बाँसको बोतल बजार भित्रिदै !
भारत , प्लास्टिकको प्रयोग मानिसका लागि मात्र नभई जीव जनावरहरुका लागी खतरनाक छ। यसले वातावरणलाई दुषित मात्र बनाउदैन यसले धेरै प्रकारका रोगहरू पनि निम्त्याउछ । यति मात्र नभई पछिल्लो समय विश्वमा वातावरण प्रदुषण हुनको प्रमुख कारण पनि प्लाष्टिकको प्रयोग नै बन्न पुगेको छ।
नेपालमा पनि प्लास्टिकको साइड इफेक्टलाई ध्यानमा राख्दै प्लाष्टिकका झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताईएको भएता पनि यो योजना अझै कार्यन्वयन हुन सकेको छैन।
तर भारतमा भने यस कुरालाई समर्थन गर्दै , एमएसएमई मन्त्रालयले बाँसको बोतल बजारमा ल्याउने भएको छ। एमएसएमई मन्त्रालयले यो बोतल अक्टोबरमा लन्च गर्ने निर्णय गरेको छ। यो बोतल वातावरण मैत्री राख्नको अलावा स्वास्थ्यको लागि पनि लाभदायक हुने बताईएको छ।
७५० मि लि क्षमताको यस बोतलको मुल्य सुरुमा ३०० सय रहने र लामो समय टिकाउ हुनाका साथै सजिलै डिस्पोज गर्न मिल्ने पनि भनिएको छ।
अक्टोबर १ मा लन्च हुने र २ अक्टुबरदेखि विभिन्न स्टोर हाऊसमा राखी बिक्री वितरण सुरु गरिने लक्ष्य एमएसएमई मन्त्रालयको रहेको छ। यो भन्दा पहिले पनि माटाको गिलास (कुल्हद) लाई प्लास्टिक प्रतिबन्धित गर्नकै लागि प्रयोगमा ल्याईएको थियो।
प्लास्टिक बाँसको बोतल