News

खाद्य संस्थानले खसी बोका ल्यायो, मुल्य तोक्न सकेन

खाद्य संस्थानले खसी बोका ल्यायो, मुल्य तोक्न सकेन

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्रा ल्याएपनि मुल्य तोक्न सकेको छैन । मूल्य तोक्न ढिलाई गर्दा उपभोकताले किन्न पाएका छैनन्। उपभोक्ताहरु दशैका लागि खशी बोका किन्न खाद्य संस्थान पुग्नेगरेपनि खाली हात फर्कनुपर्ने बाध्यता छ ।

विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्‍याउन छलफल भइरहेका भन्दै मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए।

बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोककतालाई सहुलियत दरमा बिक्री गर्दै आएको छ। दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ। अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रम जारी छ। अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो।

विशेष