जंगली च्याउको सेवनबाट एकै परिवारका १२ जना बिरामी !

सर्लाही असोज १३ , सर्लाहीमा बिषालु च्याउको सेवनबाट एकै घरका १२ जना बिरामी परेका छन।
जंगलबाट ल्याएको च्याउ आइतवार राती तरकारीको रुपमा खाँदा श्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ।
बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, पाँच वर्षीया छोरी प्रियङ्का माझी र तीन वर्षीया छोरी मेनुका माझी रहेका छन।
बिरामी भएका बृजकुमार माझीलाई अमृत हेल्थ केयर बयलबासमा उपचारार्थ घर पठाईएको छ भने बिरामी परेका अन्य ११ जनालाई उपचारका लागि आइतबार राति नै उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन।
च्याउ बिरामी