News

कांग्रेस नेता रिजालमाथि आक्रमणको प्रयासपछि नेता कडेँलले निकाले यस्ताे विज्ञप्ति!

कांग्रेस नेता रिजालमाथि आक्रमणको प्रयासपछि नेता कडेँलले निकाले यस्ताे विज्ञप्ति!

तनहुँ - तनहुँमा नेपाली कांग्रेस नेता डा मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको छ। नेता रिजालमाथि नेकपा कार्यकर्ताले आक्रमण प्रयास गरेको तनहुँ कांग्रेसले दाबी गरेको छ ।

रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका कांग्रेसका नेता रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका हुन्।नेकपाका कार्यकर्ताहरुद्धारा अवरोध भएको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सा‌सद देवेन्द्र राज कडेँलका अनुसार गाउँपालिका उद्घाटनका लागि गइरहेका डा रिजालमाथि नेकपाका कार्यकर्ताले बाटो अवरोध गर्दै आक्रमणको प्रयास गरेका थिए ।

नेता रिजालमाथि आक्रमण प्रयास भएको भन्दै नेता कडेँलले  विज्ञप्ति जारी गरेका छन् ।

जसमा भनिएको छ– तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् ।

नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो । सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

 

 

विशेष