News

भारतले बनाइदियो अत्याधुनिक विद्यालय भवन

भारतले बनाइदियो अत्याधुनिक विद्यालय भवन

झापा । झापाको गौरादह नगरपालिका ५ मा भारत सरकारको अनुदान सहयोगमा श्री स्कुलचौन उच्च माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । विद्यालयको नवनिर्मित भवनको हालै महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

भारत सरकारको ३.५७ करोड रुपैयाँ अनुदान सहयोगमा दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भवनको नयाँ संरचनामा २५ वटा कक्षाकोठाहरु छन् । साथै प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देश्यी कक्षाका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचर, शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएको छ ।

श्री स्कुलचौन उच्च माध्यमिक विद्यालय झापा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ । सन् १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भई सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा यस विद्यालयको स्तरोन्नति भएकोे थियो ।

विद्यालयले उच्च माध्यमिक तहका विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ११५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका राजनीतिक तथा आधिकारिक प्रतिनिधि, प्रदेश नं १ को राज्य सरकार, सामुदायिक अगुवा लगायत सहभागि थिए । 


    

विशेष