विदेश

अमेरीकाले २० हजार सेना फिर्ता लैजाने

अमेरीकाले २० हजार सेना फिर्ता लैजाने

एजेन्सी । अमेरिकाले अफगानिस्तानवाट पाँच हजार चार सय सेना फिर्ता गर्ने भएको छ । तालिबान लडाकु समूहसँगको ’सैद्धान्तिक सहमति’का आधारमा बीस हप्ताभित्र अमेरिकाले सेना फिर्ता गर्ने भएको हो ।
अमेरिकी वार्ताकार जालमाइ खलिलजादले टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन । खाडी मुलुक कतारमा भएका नौ चरणका शान्ति वार्तापछि सेना फिर्ताको निर्णय भएको हो ।

त्यसको वदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने प्रतिबद्धता जनाएको वार्ताकार जालमाइले बताएका छन् ।
अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक रहेका छन् ।

सहमति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमोदन गर्न भने बाँकी छ । तालिबानले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अफगानिस्तानको ठूलो भूभागमा अहिलेपनि तालिबानको नियन्त्रण छ ।

विशेष