प्रधानमन्त्रीले गरे दोस्रोपटक भिडियो कन्फ्रेन्स
काठमाडौँ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले मन्त्रिहरुसँग छलफल गरेका हुन ।
यद्यपी, निर्णयहरु भने केही नभएको जनाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गर्दै आएको छ ।