News

वडा अध्यक्षले दिए उपाध्यक्षसहित पाँचजनाविरुद्ध किटानी जाहेरी

वडा अध्यक्षले दिए उपाध्यक्षसहित पाँचजनाविरुद्ध किटानी जाहेरी

काठमाडौं : दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् । 

खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा ३२ बमोजिम उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भनने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

खड्काले प्रतिवादी बनाउकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ मा प्रहरीले काठमाडौं सामाखुशीबाट नियन्त्रणमा लिएको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

चन्दा किटानी जाहेरी

विशेष