News

तीजको व्रत बसेकी श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या

तीजको व्रत बसेकी श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या

रुकुमः रुकुम पश्चिममा एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेका हुन् । 

अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्रक्राउ गरिएको छ ।


 

रुकुम पश्चिम हत्या व्रत

विशेष