ट्रेड वारका कारण खोसियो ३० लाख चिनियाँको रोजगारी !
पछिल्लो वर्ष चीन र अमेरिकाले एक अर्काको सामानमा अर्बौं डलर आयात शुल्क लगाए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि गलत व्यापारिक गतिविधि र बौद्धिक सम्पदा चोरोको आरोप लगाउँछन्।
हाल जी सेभेनको सम्मेलनमा उनले भने, 'बिताका केही महिनामा चीनलाई ठूलो झड्का लागेको छ। त्यहाँ तीस लाखले रोजगारी गुमाएका छन्। अरू यति नै संख्यामा रोजगारी गुम्दै छ।'
ट्रम्पले ट्रेड वारका कारण चीनमा नोक्सान भएको बताएको यो पहिलो पटक भने होइन्। अघिल्लो हप्ता पनि उनले भनेका थिए, 'चीनले छोटो समयमा नै २५ लाख रोजगारी गुमाएको छ।'
तर ट्रम्पलाई यो तथ्यांक कहाँबाट मिल्यो त?
यो प्रश्नको जवाफ ह्वाइट हाउसले हंकङस्थित अखबार साउथ मर्निङ पोस्टको जुलाइमा छापिएको एक लेखबाट भएको दिएको छ।
यस लेखमा चीनको लगानी बैंक चाइना इन्टरनेशनल क्यापिटल कर्प (सिआइसीसी)लाई उद्दृत् गर्दै ट्रेड वारका कारण जुलाई २०१८ देखि मे २०१९ का बीच निर्माण क्षेत्रका १९ लाखले रोजगारी गुमाएका छन् भनी लेखिएको छ।
तर, अमेरिकी राष्ट्रपति ट्रम्प २५ लाख वा ३० लाखको आंकडामा कसरी पुगे भन्ने स्पष्ट पारिएको छैन।
त्यस्तै, अमेरिका-चीन ट्रेड वारका कारण चीनमा रोजगारी गुमेको कुनै आधिकारिक तथ्यांक पनि उपलब्ध भएको छैन। यद्यपि दुईवटा चिनियाँका बैंकका अनुसार औद्योगिक क्षेत्रका १२ देखि १९ लाख रोजगारीमा असर पुगेको छ।
आयात शुल्कमा बढोतरीका कारण चीनको म्यानुफिक्सरिङ क्षेत्रमा असर परेको छ। तर, नोकरी अरू कारणले पनि गुमेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रेड वार