News

मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको बक्यौता भुक्तानी गर्न नसकिने स्पष्ट

मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको बक्यौता भुक्तानी गर्न नसकिने स्पष्ट

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम छोडेको सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ती ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै पनि भुक्तानी दिन नमिल्ने बताए ।

तर सिएमसी कम्पनीसँग काम गरेका श्रमिकहरुको भुक्तानी भने मानविय हिसाबले दिने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । समितिका सदस्यहरुले मेलम्ची आयोजनाको बाँकि काम नौं महिना वित्तिसक्दा पनि सुरु गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

केहि सदस्यले विगतका ठेकेदारहरुको भुक्तानी कसरी गर्न लागिएको पनि सरकारलाई प्रश्न गरेका थिए ।सिएमसीसँग काम गरेका साना ठेकेदार कम्पनीले करिव १ अरव ३५ करोड भुक्तानी उपलब्ध गराई दिन निवेदन दिएको थिए ।

सिएमसी कम्पनीसँग काम गरेका श्रमिकहरुलाई दिनुपर्ने भुक्तानी ३ करोड २ लाख रहेको माग दावीसहितको निवेदन खानेपानी मन्त्रालयका पेश गरेका छन् ।

विशेष