News

राष्ट्रपति सीको भ्रमण अघि चीनबाट आइपुग्यो ३० ट्रक कोसेली

राष्ट्रपति सीको भ्रमण अघि चीनबाट आइपुग्यो ३० ट्रक कोसेली

काठमाडौंः  चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कन क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो । 

चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सीले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यानमार मात्र हुन् । म्यानमार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरु शरणार्थीका रुपमा विभिन्न देशमा छन् । त्यसमाथि त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई पश्चिमा मुलुकको समर्थन छ । यस्तो स्थितिमा विवादमा नपर्ने नीतिका कारण सी त्यता गएका छैनन् ।

तर, पहिला बंगलादेशबाट भारतीय पर्यटकीय सहर गोवा गएका उनी नेपाल नटेकी फकिएकोमा यसपटक त्यसको क्षतिपूर्ति तिर्ने तयारी भएको बुझिन्छ । राष्ट्रपतिको भ्रमणपूर्व चीनले ठूलो मात्रामा सैनिक सहयोग नेपाल पठाएको छ । यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो । 

सी जिनपिङ सैन्य सहयोग

विशेष