जातिय हिंसा फैल्याउन गाइको सामूहिक हत्या
काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभामा नेपालगञ्जबाट सुर्खेत लैजाँदा सुर्खेतको काट्कुवा जंगलमा गरिएको सामूहिक गाई हत्याकाण्डमा संलग्नमाथि कारबाहीको माग गरिएको छ । सदनको बुधबारको बैठकमा सांसद इन्दुकुमारी शर्माले गाइलाई राष्ट्रिय जनावरको रुपमा तथा हिन्दुहरुले आमाको रुपमा पुज्ने गरेपनि जातिय, धार्मिक हिंसा फैल्याउन सामुहिक हत्या गरिएको भन्दै आपत्ति जनाईन् । उनले भनिन् –‘‘फाइदा हुँदासम्म पाल्ने र काम नलाग्ने भएपछि भीरबाट खसालेर मार्ने घटना सभ्य समाजका लागि कुनै हिसाबले मान्य छैन । ’’
गत १२ गते सुर्खेतको कटकुवा भीरबाट गाइ खसालेर मारिएको थियो जसमा ३४ गाइ मरेका थिए । सांसद शर्माले नेपालगञ्ज नगरपालिकाका मेयर गाइकाण्डका दोषी भएको भन्दै कारबाही गर्न माग गरिन् । संविधानको भाग एक धारा नौ उपधारा ३ मा गाईलाई राष्ट्रिय जनावरको रुपमा चित्रण गरिएको छ ।