पेट्रोलियम पाइपलाइनको उद्घाटन सिंहदरबारबाटै

पेट्रोलियम पाइपलाइनको उद्घाटन सिंहदरबारबाटै

काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ। नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिँदै छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्वको स्विच अन गर्नेछन्।

तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्वको पनि स्विच अन गर्नेछन् । त्यसलगत्तै भारतबाट पाइपलाइनमा नियमित डिजेल ल्याइने छ । प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुने छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुख उक्त दिन अमलेखगञ्जस्थित डिपोमा रहने छन् । 
 

पेट्रोलियम पाइपलाइन

संम्बधित खबर

विशेष