कैलालीबाट ४ थान पेस्तोल र सुनसहित तीन जना पक्राउ
कैलाली । प्रहरीको सिआईबी टोलीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ४ थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट सुनका गहनासमेत बरामद गरिएका छन् । बरामद गरिएको सुनको परिणाम भने खुल्न सकेको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी वडा नम्बर ६ जाईका सञ्जय राणाका नामले चिनिने सञ्जय रानासहित तीन जना भएको स्रोतले बताएको छ । प्रहरी स्रोतले राणा पक्राउ गरेको बताएको छ । उनीसँग राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरीले बताएको छ ।
मटियारी घर भए पनि उनको समूहले चटकपुरमा अर्काको घरमा भाडा लिएर अबैध गतिबिधि सञ्चालन गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको स्रोतले बतायो ।
लामो समयको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी अधिकारीस्।ग उठबस र राम्रो सम्बन्ध भएकै कारण उनी जोगिदै आएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले पेस्तोल सहित तीन जना पक्राउ गरेको स्वीकार गरे ।
घट्नाको बिस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत बिहीवार बाहिर ल्याउने एसपी गिरीले बताए । सिआईवीको टोलीले ढोका फोरेर पेस्तोल, सुन बरामद गरेको स्रोतले बतायो ।
कैलाली पेस्तोल सुन पक्राउ