प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको विज्ञप्ति (विज्ञप्तिसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै जारी गरिएको विज्ञप्तिमा शाहले भनेकी छिन्,‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो निममित कामलाई निरन्तरता दिन सक्नु हुन्छ ।’
शाहले विज्ञप्तिमा प्रधामन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा पूरा भएको जनाएकी छिन् ।