मलेम्चीमा व्यवसायी र मजदुरमाथि गोली
काठमाडौं । मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् ।
इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए ।
अन्नपूर्ण पोस्ट्बाट ।