एनसेल कर प्रकरण : अदालतको फैसलाबारे संविधानविद्सँग राय लिइने
काठमाडौँ । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले एनसेल करबारे अदालतले गरेको फैसलाबारे संसदीय समितिसँग राय लिने भएको छ । अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा संविधानविद्हरुसँग राय लिन लागेको हो ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले एनसेलको कर असुली सम्बन्धि सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउँदै सो विषय समितिमा तत्काल छलफल हुनुपर्ने माग गरेपछि सभापति कृष्णभक्त पोखरेलले संविधानविद्हरुसँग छलफल गर्ने सहमति जनाएका हुन् ।
केही दिन भित्रै सो सम्बन्धमा वरिष्ठ संविधानविद्हरुसँग छलफल गरेर आवश्यक राय लिने निर्णय गरिएको समितिका सभापति पोखरेलले बताए ।
बैठकमा समितिका सदस्यहरुले एनसेल प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति पनि सार्वजनिक रुपमा टिकाटिप्पणी हुन लागेकाले यस सम्बन्धमा समितिमा छलफल गर्न पाउनुपर्ने माग गरेका थिए ।
एनसेल कर प्रकरण एनसेल कर