News

मेलम्चीमा निषेधित क्षेत्र घोषणा

मेलम्चीमा निषेधित क्षेत्र घोषणा

सिन्धुपाल्चोक । सिएमसी कम्पनीका पीडितहरुले कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भूक्तनीको माग गर्दै प्रदर्शनमा उत्रेपछि मेलम्ची खानेपानी आयोजना साइट कार्यालय वरपर प्रदर्शन गर्न निषेधित घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवि चेमजोङले शुक्रबारदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिइन् । 

मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ एरियामा हुल दङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३९क० बमोजिम शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान साइट, खानेपानी साइट, ग्याल्थुम सुरुङ साइट र सुरुङ जाने बाटोमा हुल दङगा र अशान्ति गर्ने उद्देश्यले ५ जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको हो ।

त्यस्तै अम्बाथान साईटमा पूर्व – सामसदायिक वन, पश्चिम– मेलम्ची खोलाको पहरो, उत्तर पार गाउँ जाने बाटो र दक्षिणमा तिम्बु खोला वरपर २०० देखि ५०० मिटरमा शुक्रबार ३ बजेदेखि अपरान्ह ५ बजेसम्म र शनिबार बिहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
 

विशेष