रुसमा चीनको दबदबा कम गर्न मोदीको यात्रा
बीबीसी । दुई दिने रसियाको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ब्लादोवास्तकमा आयोजित इस्र्टन इकोनोमिक फोरमममा भने कि भारत सुदूरपूर्वको विकासका लागि एक अर्ब डलर ऋण उपलब्ध गराउनेछन् ।
उनले भारत र सुदूरपूर्वका सम्बन्ध पुरानो भएको उल्लेख गर्दै भने, ‘भारत पहिलो देश हो जसले ब्लादिवोस्तकमा आफ्नो काउन्सलेट अफिस खोलेको थियो । अब यो सम्बन्धलाई थप मजबुत बनाउन गइरहेको छ ।’
भारतले सुदूरपूर्वका ऊर्जा र हिरा उत्खनन्मा महत्वपूर्ण लगानी गरेको छ । यो यात्राको दौरान मोदीले रसियाका सुदूरपूर्वी क्षेत्रका सबै गभर्नरहरुलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
रुस र भारतको पुरानो मित्रता छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा रुसले भारतलाई समर्थन गर्दै आएको छ । मोदीको रुस यात्राले त्यो सम्बन्धलाई थप बलियो बनाएको विश्वास गरिएको छ । विशेषगरी परमाणु ऊर्जा र रक्षा क्षेत्रमा दुई मुलुकबीच विशेष सम्बन्ध छ ।
अमेरिका र रुसमा भारतसँग को नजिक ?
अमेरिका र रुस दुवै ठूला देश हुन् । उनीहरु दुवैल आफ्नो हित हेर्छन् । भारतले पनि आफ्नो हितअनुसार उनीहरुसँग सम्बन्ध स्थापित गर्छ ।
हालको मोदीको रुस भ्रमणमा जस्तो परिदृष्य बनेको छ, त्यसले पनि के देखिन्छ भने ठूला देशहरुले कुनै पनि मुलुकसँग ज्यादा नजिकको सम्बन्ध राख्दैनन् । हरेक मुलुकले आफ्नो हित हेरेर सम्बन्ध स्थापित गर्छन् ।
रुसको सम्बन्ध भारतसँग जति राम्रो छ, उति नै चीनसँग पनि छ । यसकारण कुनै एक मुलुकसँग मात्रै गहिरो सम्बन्ध बनाउने समय समाप्त भइसकेको छ ।
यो कुरा अमेरिका र रुस दुवैले बुझेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जी ८ को बैठकमा रुस पनि यो समूहमा प्रवेश गरेर फेरि जी ८ समूह निर्माण होस् भन्ने चाहना प्रकट गरे ।
तर पनि भारतले रुससँग एस ४०० मिसाइलसम्बन्धि रक्षा सम्झौता गर्दा अमेरिकाले प्रश्न उठाएको थियो । अमेरिकाको भनाइ थियो कि भारतले रुस र अमेरिका दुवै मुलुकसँग हतियार खरिद गरिरहेको छ । त्यो समय भारतविरुद्ध केही प्रतिबन्ध लगाउने कुरा पनि उठेको थियो ।