ग्याँस सिलिण्डर विष्फोट, ४ घर जलेर नष्ट
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ घर जलेर नष्ट भएका छन् । ग्याँस सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताए ।
यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ । वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।