News

निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन

निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शुक्ल विवादलगायत विषयमा गरेको अध्ययन अवैध शुल्क असुल्ने मेडिकल कलेजकै पक्षमा देखिएको छ।

सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरुले अवैध शुल्क उठाउनुको दोष सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय र अभिभावक/विद्यार्थीमाथि थोपरिएको छ। 

प्रतिवेदनमा विद्यार्थीबाट जबर्जस्ती अतिरिक्त रकम उठाएर ठगी गर्ने मेडिकल कजेजलाई भने बचाउ गरिएको छ। सरकारको अस्पष्ट निर्णय, शिक्षा मन्त्रालय र विश्वविद्यालयको फितलो अनुगमनका कारण कलेजले अतिरिक्त रकम उठाएको उपसमितिको निष्कर्ष छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो।

निजी मेडिकल कलेज

विशेष