उपसचिव र सहसचिव खुला प्रतिस्पर्धामा भाग लिन नपाउने

काठमाडौं । निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् ।
राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ ।
प्रनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदले शुक्रबार यस्तो सहमति गरेका हुन् ।
राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव) मा आवश्यक संख्याको १०÷१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा यस्तो प्रावधान राख्न लागिएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
निजामति कर्मचारी खुला प्रतिस्पर्धा उपसचिव र सहसचिव