News

दशैंअघि गाडीभाडा नबढ्ने

दशैंअघि गाडीभाडा नबढ्ने

काठमाडौं : सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्। यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ।

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो। भाडाबारे निर्णय सरकारले गर्छ’  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं।’

एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रुपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएइर छलफल गरिरहेका उनले बताए। दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष