चन्द्र सतहमा ल्यान्डिङका क्रममा चन्द्रयान-२ को सम्पर्क टुट्यो
काठमाडौंः चन्द्र सतहमा ल्यान्डिङका क्रममा चन्द्रयान-२ विक्रम ल्यान्डरको पृथ्वीसँग सम्पर्क टुटेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसारोका अध्यक्ष के सिवनले मिसनपछि भने 'विक्रम ल्यान्डर योजनाअनुसार चन्द्र सतहमा ल्यान्डिङ हुँदै थियो र सतहभन्दा २.१ किलोमिटर दूरसम्म सबै कुरा सामान्य नै थियो। तर, यसपछि भने सम्पर्क टुटेको छ। डाटाको समीक्षा हुँदैछ।'
विक्रम राति १ः३० बजेदेखि २ः३० बजेका बीचमा चन्द्र सतहमा लान्ड हुनुपर्ने थियो। भारतीय अन्तरिक्ष वैज्ञानिकहरूको उपलब्धि हेर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेंगलुरूस्थित इसारोका मुख्यालय पुगेका थिए। यहाँ सबै कुरा योजनाबद्ध तरिकाले सञ्चालन भइरहेको थियो र वैज्ञानिक विक्रम चन्द्र सतह नजिक पुग्दै गरेको हरेक कदम निगरानी गरिरहेक थिए।
तर अन्तिम क्षणमा इसारो केन्द्रमा एउटा तनावको स्थिति बन्यो र वैज्ञानिकहरूको अनुहारमा चिन्ता देखिन थाल्यो। केहीपछि इसारोका अध्यक्ष प्रधानमन्त्री मोदीनिकट पुगे र उनले जानकारी दिए। त्यसपछि उनी पर्किन लाग्दा इसरोका पूर्व अध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिए। यसको केही क्षणपछि अध्यक्षले एक विज्ञप्तिमार्फत विक्रमसँग इसारो केन्द्रको सम्पर्क विच्छेद भयो।
चन्द्रयान-2