News

स्कुल बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

स्कुल बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पर्सा : पर्साको वीरगंजमा स्कुल बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

पर्सा वीरगंज महानगरपालिका २१ स्थित वीरगंज पथलैया सडकखण्डमा हरिकेज पव्लिक स्कुल गण्डक वीरगंजको ना४ख३६३३ नंम्बरको स्कुल बसले ना६२प ५१३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक मकवानपुर चुरेमाई गाउँपालिका-३ रातमाटे बस्ने  ४० वर्षीय वीरबहादुर पाख्रिनको मृत्यु भएको हो।

स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका पाख्रिनको उपचारको लागि बयोधा अस्पताल गण्डक, पठाएकोमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्। बस चालक फरार रहेकोमा उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

मृतकको शवको पोस्टमार्टम नारायणी अस्पतालमा गरी आफन्तलाई बुझाइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

स्कुलबस स्कुटर चालक

विशेष