राजश्व चुहावट तथा नियन्त्रण विधेयक सर्वसम्मतिले पारित

राजश्व चुहावट तथा नियन्त्रण विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाले “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७६” विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विधेयक सदनले सर्वसम्मतिबाट पारित गरेको हो ।

अर्थमन्त्री खतिवडाले विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७५” विधेयक आएको स्पष्ट पार्नुभयो ।

उहाँले यसले प्रदेश र स्थानीय तहको राजश्ज चुहावट नियन्त्रण सम्बन्धी कामलाई विधेयकले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै विधेयक प्रभावकारी कार्यान्वयनमा आउने जानकारी गराउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले अदालतको आदेश अनुसार एनलेशको कर सरकारले उठाउने स्पष्ट पार्नुभयो । 
यसअघि, बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद देवप्रसाद तिमल्सिना, उमाशंकर अरगरिया, प्रेम सुवाल लगायतले राजश्व चुहावटको गहन अध्ययन गर्न र समयमा राजश्व तिर्नेलाई पुरस्कार र नतिर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिनको १ बजे बस्नेछ । ।

संम्बधित खबर

विशेष