News

चीनिया विदेशमन्त्री काठमाडौँमा, भोलि महत्वपूर्ण भेटवार्ता हुने  

चीनिया विदेशमन्त्री काठमाडौँमा, भोलि महत्वपूर्ण भेटवार्ता हुने   

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । वाङलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । 

तीन दिने नेपाल भ्रमणका क्रममा यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो ३ बजेर ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ ।

विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत मिसेस होउ याङछी लगायत रहेका छन् । 

विशेष