विदेश

तालिवान विद्रोहीसँगको सम्झौता रद्ध

तालिवान विद्रोहीसँगको सम्झौता रद्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवान विद्रोहीसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् । तालिवान समूहले अफगानिस्तानको काबुलमा गरेको आक्रमणमा अमेरिकी सैनिक लगायत १२ जनाको मृत्यु भएपछि ट्रम्पले शान्ति सम्झौता रद्द गरिएको घोषणा गरेका हुन् ।

उनले तालिवानी नेतासँग क्याम्प डेभिडमा हुन लागेको भेटवार्ता समेत स्थगित गरेका छन् । कतारमा अमेरिका र तालिवानी प्रतिनिधिविच विभिन्न नौ चरणमा भएको वार्तामा तालिवानले अमेरिका र उसका सहयोगीलाई आक्रमण नगर्ने सहमति गरेको थियो ।

त्यसको केही दिनमै काबुलमा आक्रमण भएपछि अमेरिका सहमतिवाट पछि हटेको हो । गत सोमबारमात्रै तालिवान र अमेरिकाविच शान्ति सम्झौता भएको विषय सार्वजनिक भएको थियो । सम्झौतामा अमेरिकाले बीस हप्तामा पाँच हजार चार सय सैनिक अफगानिस्तानवाट फिर्ता गर्ने उल्लेख थियो ।

त्यसलाई ट्रम्पले अनुमोदन गर्न भने बाँकी रहेको थियो । तालिवालले अफगाननिस्तानको सरकारलाई अमेरिकाको कठपुतलीभन्दै वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । 

विशेष