प्रदेश २ को नीति आयोग उपाध्यक्षमा झा नियुक्त

प्रदेश २ को नीति आयोग उपाध्यक्षमा झा नियुक्त

धनुषा । प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा र लोक सेवा आयोगको अध्यक्षमा सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् । झा त्रिभुुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि सेवा निवृत भएका हुन ।

यादव २९ वर्ष देखि सिरहा क्याम्पसमा प्राध्यापन पेशामा आवद्ध थिए । उपाध्यक्ष झाले कृषि र रोजगारलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । उपाध्यक्ष झा र अध्यक्ष यादवलाई आइतबार नै जनकपुरधामको मधेश भवनस्थित कवर्ड हलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनियताको शपथ गराए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार निर्माण मन्त्री जितेन्द्र सोनल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव लगायतको उपस्थिति थियो ।

संम्बधित खबर

विशेष