एसिड पीडकलाई कडा कारबाही माग, घाइतेलाई क्षतिपूर्ति दिन आग्रह

एसिड पीडकलाई कडा कारबाही माग, घाइतेलाई क्षतिपूर्ति दिन आग्रह

काठमाडौँ । वीरगन्ज छप्कैयाकी मुस्कान खातुनमाथि विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले पीडकमाथि कडा कारबाहीको माग गरेका छन् ।

एसिड पीडित खातूनको अवस्था गम्भीर रहेको भन्दै सांसदहरु जुलीकुमारी महतो र दिलकुमरीले  अपराधीलाई कडा कारबाही गर्न र पीडितलाई औषधी उपचार र क्षतिपूर्ति दिन माग गरे ।

सांसद जुलीकुमारी महतोले–‘‘ प्रदेश २ मा एसिड आक्रमणका धेरै घटना हुने पुगेको भन्दै तराईमा जारी बेटी बचाऊ बेटी पढाउ अभियान सञ्चालनले समस्या पुगेको बताईन् ।’’ २० गते विद्यालय जाने क्रममा एसिड प्रहार भएको थियो । त्यस्तै सांसद दिलकुमारीले पनि कडा कारबाहीको माग गर्दै तराईमा छोरी सुरक्षित हुन नसकेको बताइन । 
 

संम्बधित खबर

विशेष