News राजनीति

प्रधानमन्त्री ओली र चिनिया विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनिया विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो ।

यसअघि चिनिया विदेशमन्त्रीे पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा वार्ता गरेका थिए । भेटमा मदन भण्डारी विश्व विद्यालय, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।
 

र, यो पनि 

नेपाल चीन विदेशमन्त्रीस्तरीय बैठक, के के भए सम्झौता

विशेष