चिनिया दूतावास अगाडि प्रदर्शन गर्ने पक्राउ (भिडियोसहित)

चिनिया दूतावास अगाडि प्रदर्शन गर्ने पक्राउ (भिडियोसहित)

काठमाडौँ । चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा रहेका बेला चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ दूतावासअगाडि प्रदर्शनमा उत्रिएकालाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीको टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कमलपोखरीले जनाएको छ ।  

प्रदर्शनकारीले चिनिया दादागिरी बन्द गर, चेलीबेटी बेचबिखन बन्द गर, दोषीलाई कारबाही गर चीनमा मानवतस्करी बन्द गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनकारीमध्येका एकले चिनियाहरू आएर एटिएम मेशिन ह्याक गरी रकम चोरी गरेकाले त्यस्ता कार्यलगायत बन्द गर्न प्रदर्शन गरिएको जानकारी दिए ।

प्रदर्शनकारीमध्ये एकले भने–‘‘सार्वभौमसत्ता देशमा चाइनिज आएर बैंक रित्तिनेजस्तो कार्य गरेको र थाहा नपाएको भए ठूलो आर्थिकसंकट समेत मच्चाउने देखिएकाले त्यसको विरुद्ध यो कार्य गरिएको हो ।’’

प्रदर्शनकारीलाई आवश्यक अनुसन्धान र छानबिन गरी थप काम अघि बढाईने महानगरीय प्रहरी प्रभाग कमलपोखरीका प्रहरी निरीक्षक विपिन ओझाले जानकारी दिए । 

संम्बधित खबर

विशेष