News

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा राख्ने संसदीय दलकाे निर्णय

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा राख्ने संसदीय दलकाे निर्णय

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । नेकपा प्रदेश ३ का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलका अनुसार नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय भएको हो ।

केही फरक मतहरु आएपनि तिनलाई सुरक्षित गरेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको उनको भनाइ छ । प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेको छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ ।

विशेष