News

आज राति ४ घण्टा चन्द्रग्रहण लाग्ने

आज राति ४ घण्टा चन्द्रग्रहण लाग्ने

काठमाडौँ। सन् २०२० को पहिलो चन्द्रग्रहण शुक्रबार नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्ने छ । उक्त चन्द्रग्रहण राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५७ मिनेटमा सकिनेछ ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाँया सघन तथा बिरल गरी दुई प्रकारको हुने गरेको नेपाल एष्ट्रनोमिकल सोसाइटिका अध्यक्ष सुरेश भट्टराइले बताउनुभयो ।

के हो पेनम्ब्रल चन्द्रग्रहण

उहाँका अनुसार यदि चन्द्रमा पृथ्वीको सघन छाँयामा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँयामा पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाँगो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पंचाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठूलो हुने भट्टराईको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। 

चन्द्रग्रहण

विशेष