शहरमा ‘हनी ट्रयाप’

शहरमा ‘हनी ट्रयाप’

काठमाडौंः अपराधको नयाँ शैली ‘हनी ट्रयाप’ले हाइप्रोफाइललाई मात्रै फन्दामा पारेको छैन, हनी ट्रयापमा प्रयोग हुने युवतीहरु स्वयंमको सुरक्षा पनि चुनौतिपूर्ण बनेको छ । प्रेमिका मात्रै होइन, सपनाकी राजकुमारी खोज्ने र सुन्दरीसँग विवाह गर्ने आकांक्षाका कारण पनि हनी ट्रयाप सुन्दरीका सिकार भएका घटना प्रहरीमा भेटिन्छन् । शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरुले पुरुषलाई फसाउने कला हो हनी ट्रयाप । जसरी झिँगा महको लोभमा मह खाएर उड्न खोज्छ, तर उड्न नसकेर ट्रयापमा पर्छ ।  

त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ । सुन्दरीसँग विवाह गर्ने सपनाले गोरखाका मनोजले ९ लाख गुमाए भने पैसावाल फसाउने हनी ट्रयाप सुन्दरीको जालमा परेपछि सिन्धुलीका रोशनकुमार पछिल्लो दुई महिनादेखि लुकेर बस्न विवश हुनु परेको छ । झण्डै डेढ वर्षअघि ६० वर्षका निराजन (नाम परिवर्तन) सँग एक २२–२३ वर्षीया कलेज गर्ल ठोक्किइन् । आकर्षक जीउडाल भएकी युवती आफूसँग ठोक्किएपछि महिलाप्रति बढी नै आशक्त निराजन नलोभिने कुरै थिएन । केही समय उनीहरु सुटुक्क क्याफेहरुमा डेट गरे ।

एक दिन युवतीलाई लिएर शारीरिक सम्बन्धका लालसाले निराजन घर गए । घरमा पुगेपछि दुबै लुगा खोलेर शारीरिक सम्बन्धको लागि तयार हुँदै थिए । चार पाँच जना युवाको समूहले ती युवतीसँगै निराजनको नग्न फोटो खिच्यो । यसले उनको शारीरिक सम्बन्धको लालसामा पानी मात्रै खन्याएन, अर्को ठूलो तनाव सिर्जना गर्यो । त्यसपछि बार्गेनिङ सुरु भयो ।

केही समय निराजनले उनीहरुले मागेजति पैसा दिए । तर, झन् पछि झन् ठूलो डिमान्ड गर्न थालेपछि गुपचुप रुपमा यो केस हल नगरी उनलाई सुखै थिएन। हाइ प्रोफाइल निराजनको यो केस प्रहरीले समाधान गर्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘केटाहरुलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउने, केटाहरुलाई अँगालो हाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप गर्छन् र अन्त्यमा उनीहरुलाई पैसाका लागि ब्ल्याकमेल गर्छन् । यो खबर कान्तिपुर साप्ताहिकबाट लिइएको हो ।

हनी ट्रयाप

संम्बधित खबर

विशेष