स्ववियु निर्वाचन फागुन १४ गते
काडमाडौ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ ।
निर्वाचन मिति तोकेर मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिए । ‘चुनावको मिति तोकियो, क्याम्पसहरूलाई त्यसको जानकारी गराएर विद्यार्थी संघसंगठनसँग तयारीका विषयमा छलफल थाल्छौं,’ उनले भने । त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ ।
कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ । गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
स्ववियु निर्वाचन