तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्न पहल
काठमाडौँ। बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउन विज्ञ विदेशी पुरातत्वविद्सहित नेपाली टोलीले यस वर्ष फेरि उत्खनन् थालेका छन्।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन चार वर्र्षअघि नै युनेस्कोमा प्रस्तावित गरेको पुरातत्व विभागले जनाएको छ। युनेस्को र जापानिज फन्ड इन ट्रस्टको सहयोगमा काम जारी राखिएको छ। बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले मंगलबारदेखि विधिवतरुपमा कार्य सुरु गरेका हुन्।
अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको हो। टोलीले तिलौराकोट प्रवेश गर्नुका साथै प्राचीन सहरको झझल्को दिनेगरी उत्खनन् गर्ने बताएको छ। बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा टोलीले उत्खनन् गरिने सरोकारवालाबीच राखेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा किरणमा बज्राचार्यले लेखेका छन।
तिलौराकोट विश्वसम्पदा सूची