News

रौतहटमा ट्याक्टरको ठक्करबाट ३ जनाको मृत्यु

रौतहटमा ट्याक्टरको ठक्करबाट ३ जनाको मृत्यु

रौतहटमाः जिल्लाका विभिन्न स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्डको शुकदेवचोकमा ना ५ त ९२६७ नम्बरको ट्याक्टरले ना ४८ प ५७६ नम्बरको मोटरसाईकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका माधवनारायण नगरपालिका–६ माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते सोही ठाँउका मोटरसाईकल चालक बर्ष २२ को सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । 

ठक्कर दिने टयाक्टर चालक सन्तोष साहलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । त्यसैगरी गएराति बृन्दाबन नगरपालिका–७ धमौरा स्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ७ च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका–४ का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिँदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताए । 

ठक्कर दिने टयाक्ट्रर चालक बाराको पचरौता नगरपालिका–४ का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । त्यस्तै कटहरिया नगरपालिका–९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्जिमा उँखुलिएर गएको ना १ त ४१४० नम्बरको ट्याक्टरले गएराति किचेर अन्दाजी ३५ बर्षिय एक जना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ । 

रौतहट ट्याक्टर

विशेष