नयाँ बसपार्कबाट ३ किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौंः तीन किलोग्राम नक्कली सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई शुक्रबार बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।
सुन भारतीय नागरिक नक्कली सुन