News

राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गरिँदै

राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गरिँदै

काठमाडौँ।  निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गर्दैछ।  आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो ।

तर कसैले पनि नाम फिर्ता नलिएको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो ।

 

राष्ट्रियसभा निर्वाचन अन्तिम नामावली

विशेष